शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोन ट्याप भएपछि राहुल गान्धीले भने–मोदीले देशविरुद्ध जासुसी हतियार प्रयोग गरे

शुक्रबार, ०८ साउन २०७८, १४ : १९
शुक्रबार, ०८ साउन २०७८

इजरायली स्पाई वेयर पेगाससमार्फत भइरहेको जासुसीको विवाद रोकिने छाँट देखिएको छैन । यसबारे शुक्रबार कांग्रेस आईका नेता राहुल गान्धीले मोदी सरकारमाथि जोरदार हमला गरेका छन् । उनले गृहमन्त्री अमित शाहको राजीनामा मागेका छन् । 

‘मेरो फोन ट्याप भयो । यो मेरो निजी मामिला होइन, मैले जनताको आवाज उठाउँछु । नरेन्द्र मोदीले यस हतियारलाई हाम्रो देशविरद्ध प्रयोग गरेका छन् । गृहमन्त्रीले राजिनामा दिनुपर्छ,’ उनले भने । उनले यस घटनाको जिम्मेवारी गृहमन्त्रालयले नै लिनुपर्ने बताए । त्यस्तै, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतको निगरानीमा न्यायिक जाँच हुनुपर्ने माग गरे । 

पेगाससलाई इजरायली सरकारले हतियारका रुपमा वर्गिकरण गरेको गान्धीले बताए । ‘र, हाम्रा गृहमन्त्रीले लोकतन्त्र विरुद्ध यसलाई प्रयोग गरे । यो जनताको आवाजमाथिको आक्रमण हो । 

जासूसीको सफ्टवेयर रहेको र भारतमा यसलाई हतियारका रुपमा वर्गिकरण गरिएको उनले बताए । सर्वोच्च अदालत र राफेलको जाँच रोक्नका लागि पेगाससको प्रयोग गरिएको उनको आरोप छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप