शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१२ वर्षकी बालिकाले खेल्दैछिन् ओलम्पिक

शुक्रबार, ०८ साउन २०७८, १४ : ३७
शुक्रबार, ०८ साउन २०७८

ओलम्पिकको इतिहासमा त्यस्ता धेरैे उदाहरणीय व्यक्तिहरु छन्, जसले युवा अवस्थामै विश्वलाई चकित तुल्याए । टोकियो ओलम्पिकले पनि यस सिलसिलालाई निरन्तरता दिनेछ । टोकियो ओलम्पिक खेल्ने झन्डै ११ हजार खेलाडीमध्ये १२ वर्षकी हेन्ड जाजा सबैभन्दा कान्छी हुन् ।

टेबुल टेनिसको एशियाली छनोट चरणमा ४२ वर्षकी मारिआना शाहाकियनलाई हराएर उनले फेब्रुअरी २०२० मा ओलम्पिकका लागि स्थान पक्का गरेकी हुन् ।

उनी सबैखाले उमेर समूहमा राष्ट्रिय उपाधि जित्ने पहिलो सिरियाली टेबुल टेनिस खेलाडी हुन् । र, अब उनको लक्ष्य ओलम्पिक पदक हा । ‘यो मेरो देश, मेरो परिवार र मेरा सबै साथीभाइका लागि उपहार हो,’ उनले भनिन् ।

अन्य सिरियाली बालबालिकाझैँ जादाको बाल्यकालमा पनि गृहयुद्धको छायाँ प¥यो । सिरियामा युद्ध जारी नै छ, जादाले टेबुल टेनिसलाई यस्तो युद्ध बिर्सने माध्यम बनाएकी छिन् ।

उनी ओलम्पिक पदक जित्न चाहन्छिन् । उनका बाबु पूर्व फुटबलर हुन्, जो अहिले जिम्न्यास्टिकको प्रशिक्षक छन् । यी बाबुका पाँच छोराछोरीमध्ये जादा कान्छी हुन् ।

‘खेलकुद मेरो रगतमै छ,’ सिजिटिएनसँगको कुराकानीका क्रममा उनले भनेकी थिइन् ।

‘मलाई सुरुवाती दिनदेखि नै परिवारले ठूलो सहयोग ग¥यो । कान्छी भएका कारण उनीहरुले मलाई धेरै ख्याल गरे । खेलकुदमा लाग्नका लागि ठूलो सहयोग गरे ।’

जादाले आफ्नो अध्ययन पनि छाडेकी छैनन् । उनी गणितकी राम्रो विद्यार्थी हुन् । उनी चर्चित उपन्यास ह्यारी पोटरका मुख्य पात्र ह्यारी पोटरकी फ्यान हुन् । टोकियो ओलम्पिकमा मेडल जित्नु नै उनको अहिलेको लक्ष्य हो र यसका लागि कडा मेहनत गरिरहेकी छिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप