शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई यादवको प्रश्न : जसपाको हस्ताक्षर कुन आधारमा लानुभयो ?

शुक्रबार, ०८ साउन २०७८, १५ : १०
शुक्रबार, ०८ साउन २०७८

जनता समाजवादी पार्टीका महेन्द्र राय यादवले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादीका ३२ जना सांसदको हस्ताक्षर बोकेर राष्ट्रपतिकोमा कुन आधारमा जानुभयो ? भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै ओली नेतृत्वको सरकारले विगतमा पटक पटक संविधानको उल्लंघन गरेको तर दोष अरुलाई लगाइरहेको बताए । ‘सरकार बनाउने क्रममा निवर्तमान प्रधानमन्त्रीले हाम्रा ३२ जना सांसदको हस्ताक्षर बोकेर किन राष्ट्रपतिकोमा जानुभयो ?’यादवले प्रश्न गर्दै भने, ‘त्यो सरकारले कुन नियतले अध्यादेश ल्याएर मधेसवादी दललाई विभाजन गर्न प्रयास गर्न खोजेको ? कानुन, विधिको शासनको किन उलंघन गरेको ? किन भन्दा देशमा भएका उपलब्धि समाप्त पार्न नै हो ।’

 उनले ओलीलाई अहिले सरकारबाट हट्दाको पीडा भइरहेको भन्दै बहुमतको सरकारले देशमा सरकार चलाउन नसक्ने प्रमाणित भएकाले गठबन्धनको सरकारले देशका यावत समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप