शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदलको पहिलो बैठक बालुवाटारमा

शुक्रबार, ०८ साउन २०७८, १६ : २१
शुक्रबार, ०८ साउन २०७८

सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ । कार्यदलका सदस्य रमेश लेखकका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजेबाट कार्यदलको बैठक जारी छ ।

सत्तासीन काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलको यो पहिलो बैठक हो । बैठकमा काँग्रेसबाट संयोजक खड्का, सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन् ।

बैठकले सरकार सञ्चालनको साझा नीति तथा कार्यक्रम, मन्त्रालय बाँडफाँट र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिने रमेश लेखकले बताए । कार्यदलले गठबन्धनलाई मजबुत बनाएर लैजाने उद्देश्यका साथ काम गर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप