शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माधव नेपालले गरे २२ सांसदलाई सलाम

शुक्रबार, ०८ साउन २०७८, १६ : २५
शुक्रबार, ०८ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गत साउन ३ गते अर्को षड्यन्त्र हुनेवाला रहेको बताउँदै प्रतिनिधिसभा जोगाउन सहयोग गरेकोमा पार्टीका २२ सांसदलाई सलाम गरेका छन् । शुक्रबार पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले साउन ३ गते शेरबहादुर देउवालाई अविश्वासको मत दिएर संसद विघटन गराउने षडयन्त्र भएको बताउँदै त्यसलाई चिर्न सफल भएको उल्लेख गरे । 

देउवालाई असफल पारेर केपी ओलीले आफूले दुई पटक संसद विघटन गरेको ठीक थियो भन्ने सन्देश दिएर आफूलाई महान राजनेता स्थापित गर्न खोजेको नेता नेपालको आरोप थियो । उनले झलनाथ खनाल सहित २२ सांसदलाई आफूले सलाम गर्ने बताउँदै तटस्थ बसेका सांसदहरुलाई धन्यवाद दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप