बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

टोकियो ओलम्पिकको उद्घाटन हेर्न सयौं मानिस रंगशालाबाहिर

शुक्रबार, ०८ साउन २०७८, १७ : १५
शुक्रबार, ०८ साउन २०७८

टोकियो ओलम्पिकको उद्घाटन समारोह हेर्नका लागि सयौं मानिस रंगशालाबाहिर भेला भएका छन् । कोरोना भाइरसका कारण टोकियोमा कडा नियम लागू गरिएको छ । जसकारण, सर्वसाधारणले यस ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् । 

६८ हजार क्षमताको ओलम्पिक रंगशालामा थोरै प्रतिनिधि र अधिकारीहरुमात्रै उद्घाटन समारोहमा भेला हुनेछन् ।  ‘हामी यहाँको वातावरण, पटका पड्काइएको हेर्न भेला भएका हौं’ रंगशाला बाहिर रहेका टोकियोका स्थानीय माको फुकुहाराले भने, ‘हामी यहाँबाट ओलम्पिक उद्घाटन देखिने आशा छौं । कम्तिमा त्यस्तो महसुस होस् । अहिलेसम्म मैले ओलम्पिक कस्तो हुन्छ भनेर देखेको छैन । तर, अहिले म रंगशाला नजिक छु र ओलम्पिक सुरु भएजस्तो महसुस भइरहेको छ ।’

रंगशाला बाहिर फोटो खिचाउने रहरका कारण पनि मानिसहरु भेला भएका हुन् ।  यसअघि टोकियो र आसपासका क्षेत्रमा भाइरसको संक्रमण बढेपछि अधिकांश जापानीहरुले ओलम्पिक खेल आफ्नो शहरमा आयोजना हुन नहुने धारणा राखेका थिए । तर, खेलाडीहरु जापान आउन थालेसँगै बढ्दो चहलपहलले ओलम्पिकलाई लिएर यहाँका जनताको दृष्टिकोण फेरिँदो छ । ‘म ओलम्पिक खेलको उद्घाटनलाई स्वागत गर्छु, एउटा जापानीका रुपमा यो गर्वको क्षण हो’  अइको हिरोताले भनिन्,‘यो खेल दर्शक बिना नै आयोजना हुन गइरहेको भएपनि म यहाँका मानिसहरुको मनस्थिति देखेर निकै प्रभावित भएको छु । दर्शक बिना नै खेल आयोजना भएपनि खेलाडीहरुलाई धेरै मानिसहरुले आफ्नो समर्थन गरिरहेका छन् भन्ने परोस् ।’

पश्चिमी जापानस्थित ओशाकाबाट टोकियो आएका चिनियाँ नागरिक चो कोउको पनि ओलम्पिकलाई लिएर उत्साहित छन् । ‘म चिनियाँ खेलाडीहरूको समर्थन गर्न आएको हुँ । उनीहरुको गाडी हिँड्दै गर्दा म स्वागत गर्न चाहन्छु’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप