मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कन्सुलरहरुको डिनमा गोल्छा नियुक्त, चौधरीको विदाई

शुक्रबार, ०८ साउन २०७८, १९ : ३३
शुक्रबार, ०८ साउन २०७८

काठमाडौं । नेपाल स्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल (एचसीसी–एन)मा नयाँ डिन चयन गरिएको छ ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महा वाणिज्यदूत बसन्त कुमार चौधरीको एक वर्षे कार्यकालको समाप्तिसँगै आगामी एक वर्षका लागि एचसीसी–एनको डिनमा लोकमान्य गोल्छा चयन भएका हुन् । उनी पोल्याण्डका लागि अवैतनिक महावाणिज्यदूत तथा गोल्छा अर्गनाइजेसनका अध्यक्ष समेत हुन् ।

एचसीसी–एनको १४ औं ‘चार्टर्ड डे’को अवसरमा शुक्रबार आयोजित एक औपचारिक समारोहका बीच तत्कालीन डिन चौधरीले गोल्छालाई पद हस्तान्तरण गरेका हुन् । 

एचसीसी–एनले प्रत्येक वर्षको जुलाई २३ का दिन ‘चार्टर्ड डे’ मनाउँदै आएको छ । सोही दिन एचसीसी–एन डिनको पद पनि हस्तान्तरण गर्ने प्रचलन रहेको छ । 

सन् २००७ मा कन्सुलरहरु बीच मित्रवत व्यवहार स्थापना, आपसी समझदारी तथा हित र सदस्यहरु बीच सूचना आदानप्रदान लगायतका उद्देश्य राखी एचसीसी–एन गठन भएको थियो । एचसीसी–एनको पहिलो डिनको रुपमा स्वीडेनका लागि कन्सुलर जनरल गजेन्द्रबहादुर श्रेष्ठ चयन भएका थिए । नियुक्तिको हिसाबले वरिष्ठताका आधारमा कन्सुलरहरुले एचसीसी–एनमा डिनको रुपमा काम गर्ने अवसर पाउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप