शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गण्डकीलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पुर्याउँछौँ : शिक्षामन्त्री श्रेष्ठ

शुक्रबार, ०८ साउन २०७८, १९ : ५०
शुक्रबार, ०८ साउन २०७८

गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गुणस्तरीय शिक्षामा गण्डकी प्रदेशलाई अग्रस्थानमा पु¥याउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  मन्त्रीमा आजमात्र नियुक्त भएका श्रेष्ठले पदभार ग्रहण गर्दै प्रदेशलाई गुणस्तरीय शिक्षामा अग्रस्थानमा पु¥याउने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले शिक्षालाई सरल र प्रभावकारी बनाउनका लागि कार्यविधि बनाएर अगाडी बढ्ने सोचाइ बनाएको बताए ।

असल नागरिक तयार गर्नका लागि सबैभन्दा पहिला असल शिक्षाको आवश्यक पर्ने बताउँदै मन्त्री श्रेष्ठले असल शिक्षकको नेतृत्वबाट नै कर्मठ र उर्जावान विद्यार्थी उत्पादन गर्न सकिने स्पष्ट पारे । कोभिड र बाढी पहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नका लागि आवश्यक कदम चाल्ने समेत उनले बताए । मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले शिक्षालाई उदाहरणीय रुपमा अघि बढाउने बताए । 

उनले जेष्ठ नागरिकलाई सम्मान दिएर बालबालिकाको स्याहार–सुसार गरी भविष्यको कर्णधार बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए । महिला हक हितका लागि ११ वटै जिल्लामा केन्द्रको स्थापना गर्ने मन्त्री श्रेष्ठले बताए । उनले बाढी पहिरोबाट क्षति भएका विद्यालयहरूको विवरण संकलन गरी पठनपाठन सञ्चालन गर्नका लागि सहयोग उपलब्ध गराइने स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले कोभिडबाट प्रभावित शिक्षक एवं विद्यार्थीहरुको लगत संकलन गरेर आवश्यकता अनुसार मनोसामाजिक परामर्श उपलब्ध गराइनुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा नियमित स्वास्थ्य परीक्षण गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप