शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल

शुक्रबार, ०८ साउन २०७८, २० : ४४
शुक्रबार, ०८ साउन २०७८

पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा विमान बङ्गलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् ।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएलगत्तै बङ्गलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाई उडान प्रभावकारी हुने विमान बङ्गलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बङ्गलादेशीहरू आकर्षित हुने गरेका छन् ।

    हाल ढाका–काठमाडौँ दैनिक एक उडानमात्रै हुँदै आएको छ ।  बङ्गलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्र्याउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुनसक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । 

    विमान सञ्चालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता व्यक्त गरे । पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बङ्गलादेशी नेपाल आउने गरेकामा २० हजार जति पोखरा घुम्ने बताए ।

    पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्वअध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बङ्गलादेशीको आकर्षण पोखरामा बढ्दै गएको धारणा राखे ।

    कार्यक्रममा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, नाट्टाका उपाध्यक्ष हरिराज अधिकारी, नाट्टाका सचिव सङ्गीता पौडेल, टानका अध्यक्ष सुशीलराज पौडेल, विमान बङ्गलादेशका प्रतिनिधिलगायतले ढाका–पोखराबीचको पर्यटकीय साझेदारी सम्बन्धमा बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप