बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कस्तो फिल्म बनाउँथे राज कुन्द्रा ? एकसाथ काम गरेकी अभिनेत्रीले खोलिन् यस्तो राज

शनिबार, ०९ साउन २०७८, ११ : १६
शनिबार, ०९ साउन २०७८

राज कुन्द्राको ‘अश्लिल फिल्म’ निर्माण गरेको आरोपमा पक्राउ परेपछि राजसँगै अभिनेत्री गहना वशिष्ठको नाम पनि चर्चामा आएको छ । गहनामाथि पनि ‘एडल्ट फिल्म’, सामूहिक बलात्कार जस्ता आरोपहरु लागेका थिए । उनी केही महिनाअगाडि मात्रै जेलमा थिइन् । 

भारतीय अनलाइन आज तकसँग गहनाले राज कुन्द्राको विषयमा खुलासा गरेकी छन् । उनले भनेकी छन्, ‘म हाल मुम्बईभन्दा बाहिर छु । मानिसहरु राज कुन्द्राले बनाएका फिल्महरु ‘पोर्न’ भएको बताउँदै आएका छन् । तर कुनै पनि फिल्म पोर्न होइन । उक्त फिल्महरु धेरै नै बोल्ड र एरोटिक फिल्महरु हुन् । जुन पोर्नको क्याटेगोरीमा आउँदैन । राज कुन्द्राको फिल्मलाई गलत तरिकाले व्याख्या गरिएको छ । म यत्ति भन्छु कि फिल्म नहेरी पोर्न भन्नु गलत हो । उनका फिल्महरु देखाएर मानिसहरुलाई निर्णय लिने अधिकार दिए हुन्छ ।’

गहनाले राजसँग काम पनि गरेकी छिन् । उनले भनिन्, ‘मैले राज कुन्द्रासँग तीन फिल्ममा काम गरेकी छु । मैले उनको फिल्ममा सहज तरिकाले काम गरेकी थिएँ । उनले ममाथि कहिल्यै पनि प्रेसर दिएनन् । उनले कहिल्यै कुनै कुरा लुकाएनन् पनि । पेपरमा एउटा कुरा र सेटमा अर्को कुरा कहिल्यै गरेनन् । निकै व्यवसायिक तरिकाले काम गरेका हौँ । मैले जति पनि काम गरे ती फिल्महरु पोर्न हैनन् । अझ भनौँ धेरै एरोटिक पनि थिएनन् । 

उनले अगाडि भनिन्, ‘जब मैले अभिनेत्रीको रुपमा काम गरेँ । उनले ममाथि कुनै पनि दबाब दिएका थिएनन् । राजले युवतीहरुलाई फोर्स गरे भन्ने कुरा म मान्न तयार छैन । मलाई पाँच महिनाका लागि जेलमा हालिएको थियो । म जुन दिन सेटमा भेटिएँ भनिएको थियो त्यो दिन म सेटमा नै थिइन । मलाई अदालतले ७ तारिखका दिन बोलाएको थियो । ५ तारिखका दिन म दिनभर प्रहरी चौकीमा थिएँ । मेरोविरुद्ध कुनै पनि प्रमाण नभेटिएपछि मलाई छोडिदियो । यसैगरी, राज कुन्द्रामाथि पनि गलत आरोप लगाइएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप