बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा एक पुरुषको शव फेला

शनिबार, ०९ साउन २०७८, १३ : १७
शनिबार, ०९ साउन २०७८

पाल्पामा एक पुरुषको शव जंगलको खोल्सामा शव फेला परेको छ । साउन ७ गते दिउँसो साढे दुई बजे घरबाट सोत्तर लिन हिँडेका  रिब्दिकोट गाउँपालिका–६ ठिमुरेमा ३५ वर्षीय चिरञ्जिवी रानाको शव रक्सीपाने गैरा नामक जंगलको खोल्सामा फेला परेको हो । 

स्थानीयले खोज तलास गर्ने क्रममा उक्त स्थानमा रानाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त शव ल्याई अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप