शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबार गरेको आरोपमा प्रहरी जवानसहित ५ जना पक्राउ

शनिबार, ०९ साउन २०७८, १४ : ४६
शनिबार, ०९ साउन २०७८

प्रहरीले काठमाडौंबाट अवैध लागुऔषध र नक्कली सुनसहित ५ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित होटलमा लागु औषध कारोबार भैरहेको अवस्थामा पुगेको प्रहरी टोलीले उक्त कारोबारमा संलग्न गोरखा घर भई सोही स्थानमा डेरा गरी बस्ने मन गुरुङको कोठाबाट नक्कली सुन र लागुऔषधसहित ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुक्रबार पक्राउ पर्नेमा गुरुङसहित गोरखा जिल्ला गोरखा नगरपालिका ६ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका २ बस्न २९ वर्षीय मुकुन्द खड्का, गोरखाकै गोरखा नगरपालिका ८ का रेशमबहादुर राना, सुर्खेत गर्भाकोट नगरपालिका स्थायी घर भई काठमाडौंको नागार्जुन नगरपालिका २ बस्ने २८ वर्षीय नन्दलाल मान्त, गोरखा आरुघाट ६ स्थायी घर भई काठमाडौंको टोखा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रहरी जवान एकराज गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट अवैध लागुऔषध कोकिन ५०० ग्राम, सुनजस्तो देखिने पहेँलो धातु २ किलो ४०० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप