शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ड्यूटीमा खटिएको प्रहरीमाथि रड प्रहार गर्न खाजेपछि...

शनिबार, ०९ साउन २०७८, १७ : २८
शनिबार, ०९ साउन २०७८

भक्तपुरमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–९ च्यामासिंहमा ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा सोही ठाउँ बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजेपश्चात उनलाई रड सहित प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप