बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शिल्पा पनि क्राइम ब्रान्चको वाचलिस्टमा, फेरि सोधपुछ हुन सक्छ

शनिबार, ०९ साउन २०७८, २१ : १९
शनिबार, ०९ साउन २०७८


अश्लील फिल्म निर्माणको आरोपमा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् तथा व्यवसायी राज कुन्द्राको विषयमा हरेक दिन केही न केही नयाँ खबर बाहिर आउने गरेको छ । 

शुक्रबार राज कुन्द्राको पुलिस हिरासत समय बढाउनुका साथै क्राइम ब्रान्चले शिल्पासँग पनि सोधपुछ गरेको थियो । शिल्पाको नाममा २३ कम्पनी रहेको छ र उनी व्यवसायमा राज कुन्द्राको पार्टनर पनि हुन् । यस अगाडि शिल्पा राज कुन्द्राको कम्पनी ‘वियान इन्डस्ट्रिजको पार्टनर थिइन् । तर उनले गत वर्ष मात्र यो कम्पनीबाट राजीनामा दिएकी थिइन् । मुम्बई पुलिसले सूचना पाएको थियो शिल्पालाई ‘हटशट’ एपको बारेमा धेरै थाहा छ । त्यसैले ५ घण्टा सोधपुछ गरेको थियो ।

एक मिडिया रिपोर्टका अनुसार शिल्पालाई राजको एप हटशटको बारेमा पहिले नै थाहा थियो । किनभने राजले कयौँ पटक एपबाट भएको धेरै आम्दानी शिल्पाको एकाउन्टमा राख्थे । शिल्पा राजको एडल्ट कन्टेन्ट कम्पनी ‘केन्रिन’को पनि पार्टनर हुन् ।

पहिले यस्तो देखिन्थ्यो कि शिल्पाको यस केससँग कुनै सरोकार छैन । तर आज उनी मुम्बई क्राइम ब्रान्च शाखाको निशानामा परेकी छन् । शिल्पा यो केसमा जोडिएकी छन् कि छैन, उनले कम्पनीबाट कुनै आर्थिक लाभ लिएको छ कि भनेर पत्ता लगाएको छ ।

मुम्बई क्राइम ब्रान्चले शिल्पाको बैङ्क खाताहरूको पनि छानबिन सुरु गरेको छ । यस विषयमा शिल्पासँग फेरि सोधपुछ गर्न सक्छ । वियान ईन्डस्ट्रीजबाट उनको राजीनामाको कारण र कम्पनीमा उनको कार्यकालको समय सीमा समेत पत्ता लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप