शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देउकृष्ण देवानको निर्देशनमा ‘डाँडा बजार’

आइतबार, १० साउन २०७८, ०७ : १६
आइतबार, १० साउन २०७८

काठमाडौँ । देउकृष्ण देवान लिंखा याख्खाको कोरियोग्राफी एवं निर्देशन रहेको गीत ‘डाँडा बजार’ सार्वजनिक भएको छ । चित्र याख्खाको संगीत तथा देवेन्द्र लिम्बू, डीवी लिम्बू, सुनिता सन्याक लिम्बू र हिमानी फेवन लिम्बूको स्वर रहेको गीत भिडियो सहित रिलिज भएको हो ।

चारखोला सिशिर (सिशिर लिंदेन) को शब्द, राम कार्कीको एरेन्ज रहेको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू, सुनिता सन्याक लिम्बूको अभिनय देख्न सकिन्छ । 

भिडियोमा सुमन तामाङको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ । निर्देशक देउकृष्ण् पछिल्लो समय लगातार भिडियो निर्देशनमा देखिँदै आएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप