शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महेश बाबुले अस्वीकार गरे ऋतिक रोशनको मेगा बजेट फिल्म

आइतबार, १० साउन २०७८, १० : ३८
आइतबार, १० साउन २०७८

साउथ इन्डियन सुपरस्टार महेश बाबुले बलिउड सुपरस्टार ऋतिक रोशनको फिल्म खेल्न अस्वीकार गरेका छन् । 

महेश बाबुले ऋतिक रोशनको मेगा बजेट फिल्म ‘रामायण’ खेल्न अस्वीकार गरेका हुन् । 

फिल्म निर्माता मधु मन्टेनाले नितिश तिवारीसँग ‘रामायण घम् ’ फिल्म बनाउने घोषणा गरेका थिए । यता, ‘रामायण’ मा भने ऋतिक रोशन र दीपिका पादुकाण मुख्य भूमिकामा देखिनेछन् । 

उक्त फिल्ममा महेश बाबुलाई ‘रामायण’ को भूमिकाका लागि अफर गरिएको थियो । तर उनले उक्त फिल्म गर्न अस्वीकार गरिदिए । 

सुत्रका अनुसार मधु मन्टेना र नितिश तिवारीले अर्को वर्ष सन् २०२२ को मध्यबाट ‘रामायण’ को सुटिङ गर्न सुरु गर्ने योजना बनाएका थिए । तर महेश बाबुले उक्त समयमा एस एस राजमौलीको फिल्म गर्ने घोषणा गरिसकेकोले उनले फिल्म खेल्न अस्वीकार गरेका हुन् ।

उक्त फिल्ममा ऋतिक रामायणको भूमिकामा, सीताको भूमिकामा दीपिका देखिनेछिन् भने रामको भूमिकाका लागि अभिनेताको खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप