ट्युनिसियाका हाफ्नावीलाई स्वीमिङमा स्वर्ण
ट्युनिसियाका पौडीवाज अहमद हफ्नावीले टोकियो ओलम्पिकअन्तर्गत पूरुषतर्फको ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जितेका छन् । १८ वर्षका यी खेलाडी सुरुवातमा निकै सुस्त देखिएका थिए । तर, अन्त्यतिर उनले तिव्र रुपमा पौडदैं अस्ट्रेलियाका ज्याक म्याकलुग लिनलाई पछि पारेर स्वर्ण जिते । हफ्नावीले ३ मिनेट ४३ सेकेन्डमा स्वर्ण जिते ।
‘म यो उपलब्धिमा विश्वास गर्न सक्दिन । यो सपना हो र साँचो भइदियो । यो निकै महान् रह्यो, यो मेरो अहिलेसम्मकै उत्कृष्ट दौड हो’ हाफ्नावीले भने । ट्युनिसियाको ओलम्पिक इतिहासमा यो पाँचौ स्वर्ण हो । यी पाँच स्वर्णमध्ये ट्युनिसियालाई अहिलेसम्म तीनवटा स्वर्ण पौडीमै प्राप्त भएको छ । हाफ्नावी ट्यनिसियाका राष्ट्रिय बास्केटबल खेलाडी मोहम्मद हाफ्नावीका छोरा हुन् ।
उनले २०१८ को युथ ओलम्पिक गेम्समा पनि प्रतिस्पर्धा गरेका थिए । जहाँ, ४ सय मिटरमा आठौं र ८ सय मिटरमा सातौं भए । २०१९ मा अन्तर्वार्ताका क्रममा हाफ्नावीले आफ्नो लक्ष्य २०२४ को ओलम्पिकमा स्वर्ण जित्ने रहेको बताएका थिए । तर, उनले तीन वर्षअघि नै सपना पूरा गरे । हाफ्नावीसामु जारी ओलम्पिकमा दोस्रो स्वर्ण जित्ने अवसर छ, उनले ८ सय मिटर फ्रिस्टायलमा मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइबर ब्यूरोले सोछपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने