शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीय मिडिया दैनिक भास्करले ७ सय करोडको आय लुकाएको आरोप

आइतबार, १० साउन २०७८, १२ : ५१
आइतबार, १० साउन २०७८

दैनिक भास्कर समूहले पछिल्लो ६ वर्षको अवधिमा ७ सय करोड भारु बराबरको आय लुकाएको भारतीय वित्त मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत बताएको छ । आयकर विभागले गत बिहीबार अर्थात् २२ जुलाईका दिन भारतको प्रमुख मिडिया समूहमध्ये एक रहेको दैनिक भास्करको कयौँ ठेगानामा छापा मारेको थियो ।

सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेस (सीबीडीटी) को प्रवक्ता सुरभि आहलूवालियाले दैनिक भास्करका ठेगानाहरूमा आयकर विभागले कारबाही गरेको पुष्टि गरेकी थिइन् । यसबारे सरकारको ठूलो आलोचना भएको थियो । सरकारविरोधी ‘सत्य’ खबर प्रसारण गरेको कारण दैनिक भास्करलाई निशाना बनाइएको आरोप समेत लगाइएको थियो ।

त्यसपछि २२ तारिखमा भएको छापाबारे वित्त मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेको हो । जसमा आयकर विभागले आयकर अधिनियम १९६१ को आधार १३२ अन्तरगत छापा मारेको प्रस्ट पारिएको छ । 

यो समूह मिडियाको साथै विद्युत्, कपडा र रियल स्टेटसमेत कयौँ कारोबारमा सामेल छ । वित्त मन्त्रालयका अनुसार समूहको ६ हजार करोड रुपैयाँभन्दा बढीको वार्षिक कारोबार रहेको छ । समूहमा होल्डिङ र सहायक कम्पनीसहित १ सयभन्दा बढी कम्पनी रहेका छन् ।

छापाका दौरान समूहले आफ्नो कर्मचारीको नाममा कयौँ कम्पनी सञ्चालन गरिरहेको पत्ता लागेको वित्त मन्त्रालयले दाबी गरेको छ । यसको प्रयोग फर्जी खर्चको बुकिङ र फन्डको रुटिङका लागि गरिएको मन्त्रालयको आरोप छ ।

कयौँ कर्मचारीलाई आफ्नो नाममा यस्तो कम्पनी रहेको समेत थाहा नभएको छापाका दौरान पत्ता लागेको पनि बताइएको छ । यस्ता उपाय अपनाएर ६ वर्षको अवधिमा करिब ७ सय करोड भारतीय रुपैयाँ बराबरको आय लुकाइएको मन्त्रालयको आरोप छ । यो रकम अझ बढी हुन सक्ने पनि मन्त्रालयले बताएको छ । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप