बार्सिलोनाका लागि डिपेले गरे डेब्यु गोल
आइतबार, १० साउन २०७८, १२ : ५४
मेम्फिस डिपेले बार्सिलोनाका लागि डेब्यु खेलमै गोल गरेका छन् । जिराेनाविरुद्धको मैत्रिपूर्ण खेलमा बार्सिलोना ३–१ ले विजयी भयो । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका डिपेले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
यस खेलमा तीनवटा पेनाल्टी दिइएको थियो । जेरार्ड पिकेले खेलको २१ औं मिनेटमा बार्सिलोनालाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि रे मानाजले बार्सालाई २–० को अग्रता दिलाए ।
४२ औं मिनेटमा सामु साइजले पेनाल्टीमार्फत जिराेनाबाट गोल फर्काएपछि खेल २–१ को स्थितीमा आयो । दोस्रो हाफमा बराबरीका लागि ठूलो प्रयास गरेपनि जिराेनाको केही लागेन । र, ८५ औं मिनेटमा डिपेले पेनाल्टीमार्फत गोल गर्दा बार्सिलोनाको जीत पक्का भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब मोबाइल एप मोबैंकबाट सजिलै भवन निर्माण इजाजत शुल्क तिर्न सकिने
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी