नेपाली खेलाडी दुबईमा सम्मानित
आइतबार, १० साउन २०७८, १४ : ५४

नेपालका मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् । दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार उनलाई सम्मान गरेको हो ।
आर्थिक अवस्था सुधार्न रोजगारीका लागि युएई पुगेका भिमदत्त नगरपालिका–२ उल्टाखामका २४ वर्षीय चन्दले त्यहाँ रोजगारीसँगै खेलकुदलाई पनि निरन्तरता दिइरहेका छन् । उनले दुबईमा हुने विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर मेडल जितिसकेका छन् ।
काम गरेर बाँकी रहेको समय खेलकुदलाई छुट्टाउने गरेको चन्दले बताए । यसअघि दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडेरेशनलगायत प्रतिष्ठित संस्थाहरुले पनि चन्दलाई सम्मान गरेका थिए । ‘परिश्रम र मेहनत गरेपछि सफलताले पछ्याइ रहने रहेछ । यहाँ पनि खेलकुदलाई निरन्तरता दिन पाएकोमा म निकै खुसी छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीकाली चौरबाट सुरु भयो ‘नम्बरी सुन’काे छायाङ्कन
-
अमूलको दूध प्रतिलिटर ३ भारुले महँगियो
-
खल्तीको नयाँ अफर सार्वजनिक, प्रयोगकर्ताले २ गुणा बढी फाइदा लिन सक्ने
-
चीनको ‘निगरानी बेलुन’ बारे अमेरिकामा चर्चा, छानबिनमा जुट्यो सरकार
-
बागमती सरकारको आम्दानी घट्दै, बजेट खर्च न्यून
-
ठेकेदारले समयमा काम नगर्दा स्थानीयलाई सास्ती