बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेप्से परिसूचकमा एकैदिन ५४.३१ अंकको वृद्धि

अधिकांश समूह पोजेटिभ हुँदा १४ अर्बमाथिको कारोबार
आइतबार, १० साउन २०७८, १७ : २५
आइतबार, १० साउन २०७८

सेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा यो साताको कारोबारको पहिलो दिन पनि कायम रहेको छ । गत बिहीबार १८.७५ अंकले बढेर ३ हजार ४.३१ विन्दुमा पुगेको नेप्से आज आइतबार थप ५४.३१ अंकले बढेको हो । 
नेपाल स्टक एक्सचेन्जका अनुसार आज आइतबार नेप्से परिसूचक ५४.३१ अंकले बढेर ३ हजार ५८.६३ विन्दुमा पुगेको छ । 

यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ११.७४ अंकले बढेर ५७४.०२ विन्दुमा पुगेको छ । 

यस दिन होटल तथा पर्यटन र म्युचुअल फण्ड गरी दुई समूह बाहेकका सबै जसो समूहहरु धनात्मक (पोजेटिभ) हुँदा एकैदिन नेप्सेमा ५४ अंकमाथिको उछाल आएको हो । 

आज कुल २२३ कम्पनीका ४ करोड ३९ लाख कित्ता माथिको सेयर १ लाख ३९ हजार पटक माथि किनबेच हुँदा अधिकतम १४ अर्ब २३ करोड २४ लाख माथिको कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप