बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आर्थिक रुपान्तरणका लागि ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटी बढाउन विज्ञहरुको सुझाव

आइतबार, १० साउन २०७८, १८ : ४१
आइतबार, १० साउन २०७८

काठमाडौं ।  गरिबी निवारणका लागि ग्रामीण क्षेत्रमा डिजिटल कनेक्टिभिटी बढाउन सरोकारवालाले आह्वान गरेका छन् । महामारीको समयमा डिजिटल डिभाइडलाई कम गर्न र आर्थिक रुपान्तरणका लागि ‘क्रस सेक्टर’ बीच सहकार्य आवश्यक रहेको भन्दै उनीहरूले ग्रामीण क्षेत्रमा कनेक्टिभिटी बढाउन आह्वान गरेका हुन् ।

ह्वावे र फाइनान्सियल टाइम्सको सहकार्यमा भएको ‘स्ट्राटिजी फर अड्रेसिङ द एशिया प्यासिफिक डिजिटल डिभाइड–इन्क्रिजिङ कनेक्टिभिटी टु ड्राइभ इकोनोमिक रिकभरी’ विषयक वेबिनारमा विज्ञहरुले डिजिटल अवसर प्राप्तिका लागि सबैभन्दा पहिले यसको पहुँच विस्तार गर्नमा जोड दिए ।

एशिया प्रशान्त गतिशिल बजार डिजिटल पहुँचमा ग्याप देखिएकाले अझै पनि धेरै डिजिटल अवसरहरु गुमिरहेको धारणा विज्ञहरुको छ।

ह्वावे एसिया प्रशान्तका प्रमुख डिजिटल प्रतिनिधि माइकल म्याकडोनाल्डले  डिजिटल सेवाको निष्पक्ष पहुँचबाट यसको सुरुवात गर्ने बताए । उनले यस क्षेत्रमा डिजिटल डिभाइडका लागि कनेक्टिभिटी, ट्यालेन्ट र ग्रीन टेक्नोलोजी जस्ता तीन प्रमुख स्तम्भ आवश्यक रहेको बताए । 

यसैगरी, शांघाई जिओ टोंङ विश्वविद्यालयको अन्टाई कलेज अफ इकोनोमिक्स एन्ड म्यानेजमेन्टका प्राध्यापक यिन हाइटाओले आईसीटी सोलुसनको प्रयोगले आर्थिक विकास र गरिबी निवारणमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कोर्नल विश्वविद्यालयको स्याम्युअल सीं जोनसन कलेजका प्रोफेसर यिन र क्रिस मार्कसद्वारा लिखित ‘डिजिटल समावेशीकरण र गरिबी उन्मूलनः ह्वावेको अप्रोच’ नामक प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।

एशिया फाउन्डेशन आर्थिक कार्यक्रमका निर्देशक सोफिया शाकिलले महिला बेरोजगारीमा महामारीको नकारात्मक प्रभाव र सीप निर्माणमा लगानी गर्नुपर्नेमा जोड दिइन्। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप