शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : ४९ जनामा परीक्षण गर्दा २१ मा संक्रमण

आइतबार, १० साउन २०७८, १९ : ०८
आइतबार, १० साउन २०७८

कर्णाली प्रदेशमा आइतबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ  । ४९ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार सबैभन्दा धेरै दैलेखमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै हुम्लामा ५, जाजरकोटमा २ र सल्यानमा १ जनामा कोरोनाका संक्रमण पुष्टि भएको छ ।

यी जिल्लाबाहेक अन्य जिल्लामा आइतबार कोरोना संक्रमण शून्य देखिएको छ  । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार प्रदेशभर ३९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । योसँगै कोरोनालाई जित्नेहरूको संख्या कर्णालीमा २७ हजार ७६७ रहेको छ । अब ६६२ जना संक्रिय संक्रमित रहेका छन् । 

प्रदेशमा कोरोना संक्रमित थपिने र डिस्चार्ज हुनेक्रम निरन्तर चलिहरको छ । प्रदेशमा आरटी–पीसिआर परीक्षणलाई घटाइएको देखिन्छ । स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काअनुसार आइतबार १ जनाले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउने जुम्ला जिल्लाका हुन् । यो सँगै कर्णालीमा कोरोना भाइरसको संक्रमण कारण ज्यान गुमाउनेको संख्या ३५१ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप