बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’

आइतबार, १० साउन २०७८, २० : ४६
आइतबार, १० साउन २०७८

लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका, सुनेका, बुझेका र अनुभूत गरेका कुरालाई विषयवस्तु बनाएर पस्किएको कृति ‘फकलीको गाउँ’ पाठकमाझ आएको हो । 

यात्रावृत्तान्तमा आधारित विभिन्न शीर्षकमा दिएर बाईस गुच्छाहरूको संगालोका रुपमा तयार पारिएको कृतिमा लेखकले विविध प्रसङ्गको संग्रह गरेका छन् । कृतिमा ऐँसेलुखर्कको चिट्ठा, मैले देखेको मधेश, लुइँचको शिकार, पशुपतिको टुँडाल, खार्पादेखि खार्पासम्म, लालबहादुर शास्त्रीसँगको भेट, अक्कुम आओ, बियरको पहिलो घुट्को, सिलाङ धुम्न जाँदा, मेरो पहिलो जागिर, ओलाङ्चुङ्गोलाको रोमाञ्चक यात्रा, ऐतिहासिक मिल्सएरिया, फकलीको गाउँ, ओडारका मान्छे, तमोरको खोँच, इलामदेखि सिंगापुरसम्म, दुल्लु पुग्दा, नेपाल बन्द, वरुण उपत्यकादेखि बाह्रबिसेसम्म, रिडीको खास्टो, हिमालपारिको जिल्ला जाँदा र मेलवर्न घुम्न जाँदा जस्ता शीर्षकमा लेखकले यात्रा गर्दा देखेका, भोगेका, अनुभव गरेका र ऐतिहासिक तथ्य पस्कनु भएको छ । धरणीमा मेरो यात्रा बाट सुरु गरिएको कृतिमा सम्बन्धित केही तस्वीरहरू पनि समावेस गरिएको छ ।

कृतिमा लेखकले उनका जीवनका बाल्यकालदेखि यौवनसम्मका स्मृतिहरू, विद्यार्थीकालका अनुभव र अनुभूतिहरू, जागिरे जीवनका भोगाइहरू र अवकाश प्राप्त जीवनका अनुभवहरू जस्ता चार कालखण्डलाई बढो रोचक, सन्देश मूलक, तथ्यपरक र ज्ञानबर्द्धक रुपमा पस्किएको साहित्यकार खेमनाथ दाहाल बताउँछन् ।

पत्रकार लेखक कृष्ण भुसालले सम्पादन गरेको कृतिमा साहित्यकार खेमनाथ दाहालको भूमिका छ भने रमेश दाहालको आवरण÷आकृति÷वर्णविन्यास रहेको छ । सावित्री पोखरेल प्रकाशक रहनु भएको २१४ पृष्ठको यस कृतिको मूल्य ४०० रुपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप