पोर्न चलचित्र प्रकरण : पति निर्दोष रहेको भन्दै रोएकी थिइन् शिल्पा सेट्टी

person explore access_timeसाउन १०, २०७८ chat_bubble_outline0

पोर्न फिल्मको कालोबजारीमा लिप्त रहेको आरोपमा पक्राउ परेका शिल्पा सेट्टीका पति राज कुन्द्राको समस्या कम हुने देखिएको छैन । भर्खरै मात्र जमानतका लागि राजले दिएको निवेदन खारेज भएको छ र उनी अब २७ जुलाईसम्म हिरासतमा रहनेछन् । अहिले राज र शिल्पासँग जोडिएको नयाँ विषयमा खुलासा भएको छ । मिडिया रिपोर्टका अनुसार पुलिसले घरमा छापा मार्ने क्रममा शिल्पा र पति राज कुन्द्रा एकसाथ थिए । यस दौरान मुख्य  अभियुक्त राजसँगै शिल्पासँग पनि पुलिसले बयान लिएका थियो । त्यस क्रममा राज र शिल्पाबीच झगडा पनि भएको थियो । 

बयान दिने क्रममा शिल्पा सेट्टी पुलिससामु रोएकी थिइन् । शिल्पाले आफ्ना पति निर्दोष रहेको बताएकी थिइन् । विवादास्पद एप हटसटमा के कन्टेन्ट देखाइन्थ्यो भन्ने विषयमा आफूलाई ठोस जानकारी नभएको बयान पनि उनले दिएकी थिइन् । अवैध पोर्न फिल्म बनाएको अभियोगमा राज कुन्द्रासहित ११ जनालाई १९ जुलाईमा पुलिसले पक्राउ गरेको थियो । प्रहरीका अनुसार राजले पोर्न फिल्मबाट राम्रो रकम कमाइरहेका थिए । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।