बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेत प्रहरीले नष्ट गर्‍यो गाँजा

आइतबार, १० साउन २०७८, २२ : ४०
आइतबार, १० साउन २०७८

सुर्खेत प्रहरीले १ हजार ३५० बोट गाँजाका नष्ट गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको भित्री सडक खण्ड र स्थानीयको बारीमा प्राकृतिक रुपमा उत्रिएको गाँजा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी चौकी बांगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा उक्त, गाँजा फेला पारेको थियो ।   प्रहरीले स्थानीय जनप्रतिनिधि, भद्र भलादमीहरूको रोहबरमा नष्ट गरिएको जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप