शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को निर्वाचन हुँदै

आइतबार, १० साउन २०७८, २२ : ५७
आइतबार, १० साउन २०७८

नेपाल अमेरिका पत्रकार संघ (नेजा )को  आज (जुलाई २५ का दिन) निर्वाचन हुने भएको छ । नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारणसभाको दोश्रो दिन अहिले बन्द सत्र चलिरहेको छ ।  मतदान अमेरिकाको पूर्वीय समय १ः १० बजे देखि ३ः १० सम्म हुने भएको छ । 
साधारणसभामा पत्रकारहरुको मतदाता सूची सार्वजनिक गरिएको छ । अहिले नेजामा कूल मतदाता संख्या १४४ रहेका छन् । आयोजकका अनुसार करिब १०० जना पत्रकारहरुले मतदानमा सहभागिता जनाउने देखिएको छ ।

निर्वाचन समितिका अनुसार सदस्यहरुको दावी बिरोध जुलाई २५ बिहान १० बजे सम्म तोकेको थियो । उम्मेदवारले दर्ता ११ बजे देखि १२ बजे सम्म गराउनुपर्नेछ भने उम्मेदवारहरूको सूची १२ः१५ मा प्रकाशित गरिनेछ ।

त्यसैगरी उम्मेदवारहरूको अन्तिम नामावली २ बजे प्रकाशन गरिने छ भने निर्वाचनको परिणाम घोषणा ४ बजे गरिनेछ । अहिलेसम्म अध्यक्ष पदका प्रत्यासीहरुमा क्रमशः निदेश अधिकारी, गोकुल ढकाल, किरण मरहठ्ठा, विकास न्यौपाने र अनुज थापाको नाम बाहिर आएको छ ।

निर्वाचन समितिमा आङ्गछिरिङ्ग शेर्पा संयोजक ,नारायण सापकोटा सदस्य ,भोला आचार्य सदस्य तथा शैलेश पोख्रेल सदस्य रहेका छन् । जुलाई २४ का दिन नेपाल पत्रकार महासंघका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि विपुल पोखरेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप