शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलेर ल्याएको सुर्ती र रेडिमेट कपडा बरामद

आइतबार, १० साउन २०७८, २३ : ०३
आइतबार, १० साउन २०७८

सुर्खेत प्रहरीले  भन्सार छलेर ल्याएको सुपर पावर सुर्ती र  रेडिमेट कपडा बरामद गरेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ ल्याइँदै गरेको सुपर पावर सुर्ती १  हजार ६७४ पिस र विभिन्न किसिमका काँचो तथा रेडिमेट कपडा गरी एक लाख ४० हजार १० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा ५ ख ४५५८ नम्बरको फोर्स गाडीमा  चेकजाँच गर्दा उक्त सामान भेटिएको हो ।  ‘हामीले बरामद गरेको सामान आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँकेमा पठाइएको छ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप