बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेजाको  अध्यक्ष पदमा न्यौपाने निर्वाचित

सोमबार, ११ साउन २०७८, ०८ : १८
सोमबार, ११ साउन २०७८

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष पदमा बिकासराज न्यौपाने निर्वाचित भएका छन्  । नेजाको सातौँ अधिवेशन तथा १४ औ साधारण सभाले बिकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा प्रारम्भमा बिकास राज न्यौपाने, गोकुल ढकाल ,किरण मरहठ्ठा, निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।

उनले  ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन् । अन्तिम अवस्थासम्म सहमति बनाउन प्रयास गरिएता पनि सहमति हुन नसके पछि निर्वाचन माध्यमद्वारा बिकास राज न्यौपाने निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए ।

यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्पर्धा भएको थियो ।

अन्तिम समयमा पनि अध्यक्ष पदका प्रत्यासीहरु बिकास राज न्यौपाने,गोकुल ढकाल तथा अनुज थापाबीच सहमति गर्नको लागि छलफल र कुराकानी भएको थियो । सहमति नपुगेपछि चुनावमा जानु परेको थियो ।

आज सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानियाँ र ज्ञान शर्मा निर्विरोध निर्वाचित भएका छन ।

यसैगरी क्षेत्रीय संयोजकहरूमा शिव नेपाल (पश्चिम) बिराज भण्डारी (पश्चिम) ,लीला देवी ओझा (डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन्  ।

जुलाई २५ आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ विजयी भएकी छिन उनले ६० मत प्राप्त गरेकी छिन् । महासचिव पदमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि विजयी भएका छन् ।  निर्वाचन समितिले जारी गरेको मतदाता सूचीमा १४५ जना रहेका थिए । आज सम्पन्न निर्वाचनमा ८१ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप