शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिमाचलको सडकमा ढुङ्गाको वर्षा, ९ पर्यटकको मृत्यु

सोमबार, ११ साउन २०७८, ०९ : ०६
सोमबार, ११ साउन २०७८

भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लमा पहिरोपछि यति तीव्र गतिमा ढुङ्गाहरू खसे, बस्पा नदीमा बनेको पुल नै भाँचिन पुग्यो । यस घटनामा ९ जना पर्यटकको मृत्यु भएको छ भने ३ जना गम्भीर रूपमा घाइते रहेका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक–एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका छन् । एक मृतकको राज्य वा सहरको ठेगाना खुलेको छैन ।

पर्यटक सवार एचआर ५५ एजी ९००३ नम्बरको गाडी छितकुलबाट सांगलातर्फ गइरहेका थिए । बटसेरीको गुंसा छेउ रहेको पुलमा ढुङ्गा खसेपछि टुट्न पुग्यो । यसको चपेटामा पर्यटकीय बस पनि पर्‍यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूको परिवारलाई राहत स्वरूप २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

हिमाचलको किन्नौरमा ढुङ्गा खस्ने क्रममा शनिबारदेखि नै जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप