बल्छी ध्रुवे बने गायक
काठमाडौं । पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ गायकको रुपमा समेत अगाडि आएका छन् । उनको स्वरमा रहेको नयाँ तीज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।
गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र संगीत रहेको गीतमा सुदीप सागरको एरेन्ज रहेको छ ।
लोकप्रिय टेलिशृङ्खला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक समेत रहेका श्रेष्ठको यो गीतको भिडियो उनीको अलवा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको.साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांस कलाकारको अभिनय समेटिएको छ ।
गायिका सपना कलाकार राजु पौडेल ‘राजु माष्टर’को श्रीमती हुन् । सपनाले यसअघि पनि केही गीत गाएकी छन् । आइतबार युट्युवमार्फत सार्वजनिक गीतले समाचार तयार गर्दासम्म साढे तीन लाख बढी भ्युज पाउन सफल भएको छ ।
सौरभ लामाको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु