शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपेन्द्र यादवको प्रतिक्रिया– 'महन्थ ठाकुरलाई घोक्र्याएर हटाउन खोजेको होइन'

सोमबार, ११ साउन २०७८, १२ : ३४
सोमबार, ११ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरुले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई घोक्र्याएर हटाउन नचाहेको बताएका छन् । 

सोमबार निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आफूहरुको पक्षमा अत्यधिक बहुमत देखिएको तर अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई पार्टीबाट हटाउन नचाहेको बताए । विगतका गलत प्रवृत्तिलाई सच्याउँदै ठाकुर आत्मालोचना गर्न तयार भए उनलाई फेरि पार्टीमा समेट्न सकिने उनको भनाइ थियो । 

‘आयोगमा हाम्रो पक्षमा अत्याधिक बहुमत देखिएको छ । हामीले महन्थ जी राजेन्द्रजीहरुलाई घोक्र्याएर हटाउन खोजेको होइन’, यादवले भने, ‘उहाँहरु आफै बाटो बिराएर हिँड्नु भएको छ । हामीले खेदेको होइन । बिराएको बाटो र लिएका गलत नीतिलाई सच्याएर सार्वजनिक रुपमा आत्मालोचना गर्नुभयो भने पार्टीले विचार गर्छ ।’
 
उनले ठाकुर लगायतले प्रतिगमनकारीलाई साथ दिएको भन्दै त्यो पार्टीको नीति तथा सिद्धान्तविपरित भएको पनि बताए । यादवले पार्टी छिट्टै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप