‘मिस एण्ड मिसेस युनिभर्सल’ भदौमा छानिने
सोमबार, ११ साउन २०७८, १३ : ०३
‘मिस एण्ड मिसेस युनिभर्सल २०७८’ भदौमा छानिए भएको छ । स्पार्कल इन्टरटेनमेन्टको आयोजक रहेको प्रतियोगितामा १५ जना र १५ जना मिसेसमा भिड्दैछन् । विवाहित तथा अविवाहित युवतीहरूको प्रतिभा निखार्ने उदेश्य रहेको प्रतियोगितामा अन्तिम प्रतिस्पर्धाका लागि छानिएका प्रतियोगी अहिले प्रशिक्षणमा छन् । कला, संस्कृति तथा संस्कार विषयमा केन्द्रीत रहेर उनीहरुको लिडरसिप, सेल्फ डिफेन्स लगायतको प्रशिक्षण भइरहेको छ ।
१९ भदौमा राष्ट्रिय नाचघरमा अन्तिम स्पर्धा आयोजना हुने प्रतियोगितामा अश्विनीकान्त झा कोरियोग्राफर र रुवी राणा र प्रियारानी मुख्य जर्जमा रहेका छन् । प्रतियोगिताका विजेताले नगदसहित विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा जित्न सक्ने आयोजकले जनाएको छ ।