बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा ६ फरार अभियुक्त पक्राउ

सोमबार, ११ साउन २०७८, १३ : ४७
सोमबार, ११ साउन २०७८

सुर्खेत प्रहरीले ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । सुर्खेत जिल्ला अदालतले फैसला सुनाएका तर फरार रहेका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीका अनुसार अदालतको फैसला कार्यन्वयन गर्ने क्रममा लामो समयदेखि उनीहरु फरार रहेका थिए । 

अदालतले ठगी मुद्दामा ६ महिना कैद र ६ हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका–५ का ५५ वर्षीय पूर्णबहादुर सार्की र दाङ घर भइ हाल वीरेन्द्रनगर–११ बस्ने ५३ वर्षीय दामे दमाई रहेका छन् । घर्तीका अनुसार  लिखित बेइज्जती मुद्दामा तीन हजार जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका–३ का ४५ वर्षीय जैशरा बोहरा, जालसाजीमा एक सय जरिवाना तोकिएका वीरेन्द्रनगर १० का २७ वर्षीय कुमार गुरुङ, सोही ठाउँका क्रमश २६ वर्षीय सुमन गुरुङ र ५५ वर्षीय विष्णुमाया गुरुङ पक्राउ परेका हुन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो, घर्तीले भने ।  पक्राउ परेको उनीहरुलाई अदालतमा उपस्थिति गराइएको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप