शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणका कारण काँग्रेस नेता घिमिरेको निधन

सोमबार, ११ साउन २०७८, १३ : ४८
सोमबार, ११ साउन २०७८

नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय घिमिरे २०७४ को स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत थिए। 

नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

उनको निधनबाट पार्टीले एक होनहार युवा नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ । उनको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्— “नेपाली काँग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पु¥याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप