शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उर्लाबारीमा साउन १९ गतेसम्म निषेधाज्ञा

सोमबार, ११ साउन २०७८, १४ : ३३
सोमबार, ११ साउन २०७८

कोरोना संक्रमण फेरि बढ्न थालेपछि मोरङको उर्लाबारी नगरपालिकाले मंगलबार मध्यरातदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूर्ण सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले बुधबार बिहानबाट लागू हुनेगरी औषधि, दूध डेरी, कलेजका परीक्षा र खानेपानी सेवा बाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निर्णय गरेको हो ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको सचिवालयले विपद् व्यवस्थापन केन्द्रको बैठकको निर्णय सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप