बल्खुबाट राजश्व छलीको सामानसहित २ जना पक्राउ
काठमाडौं महानगरपालिका–१४ बल्खुबाट प्रहरीले राजश्व छलेर सामान लिएर आएको ट्रकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौं आएको ना.४ख ८४९६ नम्बरको ट्रकसहित २ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका (प्रवक्ता) एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त कालिमाटीले ट्रक चालक बारा घर भएका सञ्जय रायभर र सामानका धनी पर्सा घर भएका कृष्ण श्रीवास्तवलाई पक्राउ गरेको छ ।
ट्रकमा भएको प्लाष्टिक बनाउन प्रयोग हुने कच्चा पदार्थ, ब्याग बनाउन प्रयोग हुने कपडा र २ लाख बराबरको कृष्ण टेक्स्टाइल लेखिएको साटन कपडा बरामद गरिएको छ । सामानसहित भन्सार छलीमा संलग्न आरोपीहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको एसपी बस्नेतले बताए । भन्सार छली गरेर ल्याएको सामान बल्खुस्थित कुमारी क्लबमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर