मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ८.२४ अंकको करेक्सन, कारोबार रकम भने उस्तै

सोमबार, ११ साउन २०७८, १५ : २६
सोमबार, ११ साउन २०७८

सोमबार सेयर बजार परिसूचक नेप्सेमा ८.२४ अंकको करेक्सन आएको छ । केही दिनयता क्रमिक रुपमा उकालो यात्रामा रहेको नेप्सेमा सोमबार ८.२४ अंकले घटेर ३ हजार ५०.४२ विन्दुमा झरेको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत २.९३ अंकले घटेर ५७१.१० विन्दुमा झर्न पुगेको छ ।

गत आइतबार एकैदिन नेप्से परिसूचक अधिकतम ५४.३१ अंकले बढेर ३ हजार ५८.६३ विन्दुमा पुगेको थियो ।  नेप्सेका अनुसार यसदिन बैंकिङ्ग, विकास बैंक, म्युचुअल फण्ड तथा इन्भेष्टमेन्ट समूह बाहेकका सबैजसो समूहहरु पोजेटिभ हुँदा पनि बजार ८ अंक माथिले गिरावट आएको हो । यद्यपि गत आइतबारको तुलनामा कारोबार रकममा भने खासै गिरावट आएको छैन ।

नेप्सेका अनुसार यसदिन कुल २२३ कम्पनीका ३ करोड ७० लाख कित्ता माथिको सेयर १ लाख ३७ हजार बढी पटक किनबेच हुँदा कुल १४ अर्ब १३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । जबकि गत आइतबार एकैदिन ५४ अंक माथिले नेप्से बढ्दा कुल १४ अर्ब २३ करोड २४ लाखको कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप