बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाद्वारा राजीनामा

सोमबार, ११ साउन २०७८, १५ : ४०
सोमबार, ११ साउन २०७८

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राज्यमा आज नै भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको थियो । सोही कार्यक्रममा भाग लिन पुगेका यदियुरप्पाले राजीनामाको घोषणा गरेका हुन् ।

राजीनामा घोषणा गर्दै उनले आफूसधैँ अग्निपरीक्षाबाट गुज्रिएको बताएका थिए । त्यसपछि उनी राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । उनको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उनी कार्यकारी मुख्यमन्त्री कायम रहनेछन् ।

उनले राजीनामा दिन हाइकमान्डबाट कुनै दबाब नआएको र आफू स्वयंले यो निर्णय लिएको जानकारी दिए । उनले आफूले कसैको नाम पनि सुझाव नगरेको बताएका छन् ।

कर्नाटकमा सेवा गर्ने मौका दिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै अब आफू पार्टीलाई सशक्त बनाउन भूमिका खेल्ने बताएका छन् ।

४ पटक मुख्यमन्त्री बनेका येदियुरप्पाले कहिले पनि आफ्नो कार्यकाल पुरा गर्न पाएनन् । सन् २००७ मा मुख्यमन्त्री बनेका उनले ७ दिनमा राजीनामा दिन परेको थियो । सन् २००८ मा दोस्रो पटक मुख्यमन्त्री बनेका उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि सन् २०११ मा पुनः राजीनामा दिन परेको थियो । सन् २०१८ मा तेस्रो पटक मुख्यमन्त्री बनेका उनले ६ दिनपछि राजीनामा दिएका थिए । सन् २०१९ मा उनी पछिल्लो पटक मुख्यमन्त्री बनेका थिए ।

नयाँ मुख्यमन्त्रीको दौडमा बसवराज बोम्मई, प्रहलाद जोशी, विश्वेश्वरा हेडडे केगरी र मुरुगेश निरानी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप