बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ किङ्ग्सका तर्फबाट इपिएलमा पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदीले खेल्ने

सोमबार, ११ साउन २०७८, १५ : ५८
सोमबार, ११ साउन २०७८

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानी क्रिकेट स्टार शाहीद अफ्रिदीले काठमाडौँ किङ्ग्स इलेभेनका तर्फबाट खेल्ने भएका छन् । काठमाडौँ किङ्ग्स इलेभेनले आफ्नो टीममा शाहिद अफ्रिदीलाई अनुबन्ध गरिएको सोमबार जानकारी दिएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा शाहिद अफ्रिदी भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडिएका थिए । उनले काठमाडौँ किङ्ग्स इलेभेनमा आफू अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै नेपालमा क्रिकेट खेल्न उत्साहित भएको प्रतिक्रिया जनाए ।

४१ वर्षीय अफ्रिदी क्रिकेटका अलराउन्डर हुन् । उनी विस्फोटक ब्याट्सम्यानका अतिरिक्त सफल बलर पनि हुन् । क्षेत्र रक्षणमा पनि उनको बेजोड प्रदर्शन रहने गरेको छ ।​ इपिएलको चौथो संस्करण आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा खेलाइने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप