शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँकडभिट्टा नाकाबाट कृषिजन्य वस्तुको निर्यात चार गुणा बढी

सोमबार, ११ साउन २०७८, १६ : १६
सोमबार, ११ साउन २०७८

पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको आयातभन्दा चार गुणा बढी निर्यात बढेको छ । क्वारेन्टिन कार्यालय काँकडभिट्टा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब १२ करोड ३८ लाख ८९ हजारको कृषिजन्य वस्तु निर्यात भएको छ भने रु एक करोड १९ लाख ७० हजारको आयात भएको देखिन्छ ।

आर्थिक वर्ष २०७६/७७ मा रु पाँच अर्ब २६ करोड चार लाख मूल्यको सामग्री निर्यात भएको थियो भने रु दुई अर्ब ९९ करोड चार लाख मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा निर्यात बढी देखिनुमा अन्तर्राष्ट्रिय बजारमा कृषिजन्य वस्तुको मूल्य बढ्नु मुख्य रहेको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देवेन्द्र साहुको भनाइ छ ।

पूर्वी नाका हुँदै भारत र बङ्गलादेशमा सबैभन्दा बढी अलैँची, अदुवा, अम्लिसो, चिया, चिराइतो, जटामसी, अमला, मजिठो, रिठ्ठा, मुसुरो दाललगायतका कृषिजन्य वस्तुको निर्यात हुने गरेको उनले बताए । उनले अलैँची, चिया, अम्रिसो र अन्य कृषिजन्य वस्तुको तुलनामा बढी निर्यात भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप