बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोरङका नटवरलाल : पैसा डबल बनाउने भन्दै  दुई लाख २० हजार झ्वाम !

सोमबार, ११ साउन २०७८, १७ : ०९
सोमबार, ११ साउन २०७८

प्रदेश नम्बर १ को अस्थायी राजधानी मोरङमा ठगीको अनौठो घटना सार्वजनिक भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित अशोक चोक बस्ने बर्ष ३५ का चन्दन कुमार मुखियाले स्थानीय राजकुमार रायबाट पैसा बडल बनाइदिने भन्दै २ लाख २० हजार लिएका थिए । 

सो पैसा पाएपछि उनले १ बाल्टिन चोखो पानी ल्याउन लगाउँदै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाएर २ वटा केमिकल र सिरिन्ज समेत दिइ २४ घण्टामा सो पोकोमा केमिकल सिरिन्जबाट हाले पैसा डवल हुने भन्दै ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

गत चैत २० गते भएको सो घटनाका सम्बन्धमा प्रहरीमा परेको उजुरीको आधारमा प्रहरीले उनलाई सोमबार मात्रै पक्राउ गर्न सफल भएको हो । 


उनलाई  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ ठगी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप