शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा ७१० जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

सोमबार, ११ साउन २०७८, १८ : ०३
सोमबार, ११ साउन २०७८

गण्डकी प्रदेशमा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनाको नमुना परीक्षण गरिएकामा ७१० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३६३ महिला र ३४७ जना पुरुष रहेका छन् ।

गण्डकी प्रदेशमा निषेधाज्ञा खुलेसँगै क्रमश दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या बृद्धि भएको छ । आइतबार प्रदेशमा ४४७ जनामा संक्रमण देखिएकोमा आज संख्या बढेर ७१० पुगेको हो । यो संख्या एक महिनाको तुलनामा उच्च हो ।
प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ३०४, बागलुङ ३५, स्याङ्जा ६०, म्यादी ६, पर्वत ४३, गोरखा १९, लमजुङ २७ ,तनहुँमा ७९ र नवलपुरमा १३७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६५ हजार १०५ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–८ का ७९ वर्षीय पुरुष, पोखरा–२३ का ५३ वर्षीय पुरुष, पोखरा–५ की ५० वर्षीय महिला, पोखरा–१४ की ७७ वर्षीय महिला र कास्कीको अन्नपूर्ण–४ की ६२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा पोखराका विभिन्न अस्तपालमा मृत्यु भएको छ ।

त्यसैगरी बागलुङ जैमीनी–२ का ५१ वर्षीय पुरुष, स्याङजा पुललीबजार–१ की ६५ वर्षीय महिला र नवलपरासी पूर्व देवचुली–९ की ७० वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६२ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ३७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६३४ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार ४०९ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप