लमजुङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सम्पन्न
आठ स्थानीय तह रहेको लमजुङमा निजी आवास पुनःनिर्माणको काम करिब ७१ प्रतिशत सम्पन्न भएको छ ।
नेपालमा भूकम्प गएको छ वर्षपछि दश हजार ३९४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । यो कूल लाभग्राहीमध्ये ७० दशमलव ९३ प्रतिशत रहेको छ । जिल्लामा १४ हजार ६५२ निजी आवास पुनःनिर्माण गर्ने लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार¬) लमजुङले जनाएको छ ।
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त १४ हजार ६५२ मध्ये १० हजार ३९४ घर लाभग्राहीले पुनःनिर्माणको काम सम्पन्न गरेर तेस्रो किस्तासमेत लिएको जनाइएको छ । पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ लमजुङका सम्पर्क व्यक्ति विनय दवाडीका अनुसार कूल लाभग्राहीमध्ये १४ हजार ३२ जनाले पहिलो किस्ता र ११ हजार ८९८ जनाले दोस्रो किस्ता लिएका छन् ।
“दोस्रो किस्ता बुझ्ने अधिकांश लाभग्राहीले आफ्नो घर पुनःनिर्माणको काम सम्पन्न गरिसकेका छन्”, उनले भने, “पुनःनिर्माणको काम सकेका लाभग्राहीलाई तेस्रो किस्तासमेत दिएको छ ।” उनका अनुसार बेँसीशहर नगरपालिकाका एक हजार ३८६ लाभग्राहीमध्ये एक हजार ३३० ले पहिलो किस्ता, १२१ ले दोस्रो किस्ता र ९४१ जनाले अन्तिम तथा तेस्रो किस्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि