शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा थप ३९ हजार कोरोनाभाइरसबाट सङ्क्रमित, ३५ हजार ९६८ सङ्क्रमणमुक्त

सोमबार, ११ साउन २०७८, २१ : ११
सोमबार, ११ साउन २०७८

भारतका थप ३९ हजार ३६१ हजार कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ४१६ जनाको मृत्यु पनि भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल चार लाख २० हजार ९६७ जनाको मृत्यु भएको छ ।  
भारतमा अहिले सङ्क्रमित अवस्थामै भएकाहरूको कूल सङ्ख्या चार लाख ११ हजार १८९ रहेको पनि अधिकारीले जनाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ९६८ मा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

भारतमा अहिलेसम्म तीन करोड पाँच लाख ७९ हजार १०६ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणमुक्त भएकाहरुको यो सङ्ख्या ९७.३५ प्रतिशत हो । 

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म ४३.५१ करोड मानिसलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । 

त्यसैगरी देशभरी अहिलेसम्म ४५.७४ करोड ७४ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप