बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्य आवश्यक : मुख्यमन्त्री पोखरेल

सोमबार, ११ साउन २०७८, २१ : ५५
सोमबार, ११ साउन २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आन्तरिक तथा बाह्य पर्यटक प्रबर्द्धन गर्नका लागि पोखरा क्षेत्रमा थप पर्यटकीय गन्तव्यको विकास गर्नु पर्ने बताएका छन् ।

 सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलसहितका मन्त्रीहरुको स्वागतका लागि पुम्दीकोट कोट विकास समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पोखरा आउन पर्यटकको भ्रमण लम्ब्याउनका लागि थप पर्यटकीय गन्तव्यको बिकार गर्न आवस्यक रहेको बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले पोखरा २२ स्थित पुम्दीकोटमा निर्माण हुदै गरेको बिशाल महादेवको मुर्ति निर्माण सहितका अन्य भौतिक संरचना निर्माणमा प्रदेश सरकारले पुनः थप सहयोग गर्ने बताए ।

 पुम्दीकोट प्रदेशकै धार्मिक तथा पर्यटकीय गन्तब्यको नयाँ ठाउँ भएकोले त्यसका लागि आवश्य पुर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उनले जनाए । ‘महादेबको मूर्ति शिलन्यासको अवसरमा एक पटक पुम्दीकोट आउने मौका मिलेको थियो, छोटोसमयमै मैले सोचे भन्दा धेरै राम्रो विशाल महादेवको मुर्ति स्थापना भएको छ,’उनले भने, ‘‘महादेवको मूर्ति निर्माण र भौतिक संरचना निर्माणको कार्य चलिरहेकै बेला पर्यटकको आगमन शुरु भइसकेकाले हामी निकै प्रभावित भएका छौं।’

विकासको लागि सरकार एउटा सहजकर्ता भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको विकासको एउटा आधार धार्मिक पर्यटन समेत भएको दाबी गरे । उनले प्रदेशको बजेटसंगै थप बजेट आवश्यक परेमा संघिय सरकारसंगको समन्वयमा केही रकम निकासा गर्न पहल गर्ने मुख्यमन्त्री पोखरेलले आसअश्वान समेत दिए ।

प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पुम्दीकोटको बृहत विकाससंगै पुम्दी भुम्दीको सडक निर्माणमा करिब ५५ करोड लगानी आवश्यक भएको बताए । उनले सवैको साथ र सहयोगले अर्थ मन्त्री भएकोमा सवै प्रति आभार व्यक्त गर्दै आफु सोही ठाउँको स्थानिय समेत भएको नाताले बिशाल महादेवको मुर्ति सहितका थप भौतिक पूर्वाधार निर्माणमा पहल गर्न मुख्यमन्त्रीसंग आग्रह गरे ।

पुम्दीकोट कोट विकास समिति एवं बिशाल महादेव मुर्ति निर्माण समितिका अध्यक्ष एवं उद्योगपति चन्द्रकान्त बरालले उक्त परियोजनामा हाल करिब २५ करोड लगानी भएको बताए । उनले मूर्तिसहितका भौतिक संरचना निर्माणका क्रममा ४ करोड ऋण भएको समेत जानकारी गराए । करिब ४५ करोडको परियोजना सम्पन्न गर्न पुनः सवैको साथ र सहयोग आवश्यक भएको अध्यक्ष बरालले बताए । पुम्दीकोटमा बिशाल महादेवको मुर्ति स्थापना भएसंगै बाँकी रहेका केही योजना पुरा गर्न प्रदेश सरकारको सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।ं                                                              

समितिले मनो रेल सहितको ग्रिनरी पार्क, पार्किङ, तार वार, रेलिङ, स्मृति पार्क लगायतका भौतिक संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । रातको समयमा ताण्डव नृत्य प्रर्दशन गरी एक रात पर्यटकलाईं पुम्दीकोटमै बसाल्ने अभियानमा रहेको उपाध्यक्ष हिमलाल बरालले बताए । पुम्दीकोटमा हाल सयौंको सङख्यामा पर्यटकहरु आउन थालेको उनले बताए ।

कार्यक्रममा सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार मन्त्री, कुमार खड्का, मन्त्री बिन्दु कुमार थापा लगायतका मन्त्री एवं सांसदहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप