शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोना संक्रमित बढ्न थाले

सोमबार, ११ साउन २०७८, २२ : २१
सोमबार, ११ साउन २०७८

पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढन थालेको छ । पछिल्लो २४ घण्टामा मात्र ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
एन्टिजेन बिधिबाट ४५० नमुना परीक्षण गर्दा १५ जना र पिसिआर बिधिबाट ३४५ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ । 

सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले पछिल्लो समय प्रदेशमा कारोना संक्रमण दर बढेको देखिएको बताए ।

‘केही समय कम भएको थियो । तर केही दिनयता संक्रमण दर बढ्न थालेको छ’, उनले भने।   प्रदेशमा हालसम्म एन्टिजेन बिधिबाट ८७ हजार ८०८ नमुना परीक्षण गर्दा ८ हजार ८ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।  त्यस्तै पिसिआर बिधिबाट १ लाख ९७ हजार ४ सय ३९ नमुना परीक्षण गर्दा ३६ हजार जामा २३ कोरोना पोजेटिभ देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप