मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले वार्षिक २८ करोड बढीको तास खरिद गर्छ : भन्सार विभाग

सोमबार, ११ साउन २०७८, २२ : ४९
सोमबार, ११ साउन २०७८

सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न मुलुकहरूबाट गरी नेपालले कुल २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६९ हजार १३५ गोटा तास खरिद गरेको छ । जसबाट सरकारलाई समेत आर्थिक वर्षमा कुल १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व उठेको छ । 

मुख्यगरी चीन, अमेरिका, भारतबाट ठूलो परिमाणमा तास नेपाल आयात हुने गरेकोमा धेरथोर अष्ट्रेलिया, ब्राजिल, मलेसिया, सिंगापुर तथा इजरायलबाट समेत आयात हुने गरेको विभागको तथ्याङ्कले देखाएको छ ।  विभागका अनुसार आर्थिक वर्षमा सबैभन्दा बढी चीनबाट २६ करोड ३२ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ९६ हजार ९९१ गोटा तास नेपाल आयात भएको छ ।

यस्तै, यो बाहेक डिजिटल (भिडियो) गेमिङ्ग तथा गेम खेलाउन प्रयोग हुने मेसिनहरुको समेत आर्थिक वर्षमा उल्लेखनीय आयात भएको विभागले जनाएको छ ।  यस्तो भिडियो गेमिङ्गका सामग्रीहरु चालू आर्थिक वर्षको १२ महिनामा अधिकतम ३९ लाख २४ हजार रुपैयाँ बराबरको १६ हजार ७१० गोटा आयात भएको विभागद्वारा जारी तथ्याङ्क जनाइएको छ । जसबाट सरकारलाई १२ लाख ५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप