शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

६३ लाख ९३ हजार कित्ता आइपिओ यहि महिनामा बिक्रि खुला हुने, कहिलेसम्म पाइन्छ भर्न ?

मङ्गलबार, १२ साउन २०७८, १० : ३७
मङ्गलबार, १२ साउन २०७८

साउन २० र २७ गते दुई कम्पनीको ६३ लाख ९३ हजार ७ सय ५० कित्ता आइपिओ निष्काशन हुँदैछ । साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ  भने मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ  । 

सानीमाले  ३ लाख ( ५ प्रतिशत सेयर)  कर्मचारी र ३ लाख (५ प्रतिशत) सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५४ लाख कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । लगानीकर्ताले साउन २४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयमा आइपिओ बिक्री नभएमा भदौ २ गतेसम्म आइपिओ निष्कासन खुला हुनेछ । सानिमा लाइफको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी’ माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ ।

 यता मानुषी लघुवित्तले ०.५ प्रतिशत ( ५ हजार ४ सय ६९ कित्ता) कर्मचारी र ५ प्रतिशत (१९ हजार ६८८ कित्ता ) म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताको लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लघुवित्तको आइपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । 

उक्त समयमा सबै आइपिओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । मानुषीको आइपिओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस’ रेटिङ दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप