शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इराकबाट अमेरिकी सैनिक फिर्ता हुँदै

मङ्गलबार, १२ साउन २०७८, १० : ३९
मङ्गलबार, १२ साउन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्त्यसम्म इराकबाट सेना फर्काउने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनका अनुसार इराकी सेनालाई तालिम र सल्लाह दिने काम भने जारी रहनेछ । 

ह्वाइटहाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीसँगको वार्तापछि बाइडेनले यस्तो घोषणा गरेका हुुन् । इराकमा अहिले झन्डै २५ सय अमेरिकी सैनिक छन् । उनीहरु इस्लामिक स्टेटका बाँकी रहेका लडाकुहरुले गर्नसक्ने संभावित आक्रमणका लागि तयारी अवस्थामा बसेका छन् । 

२०२० को जनवरीमा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा शीर्ष इरानी जनरल कसेम सोलेमानी र इरान समर्थित शिया मुस्लिम मिलिशियाका नेता मारिएका थिए । त्यसयता, अमेरिकी सेनाको उपस्थितीलाई लिएर ईराकमा विभिन्न टिकाटिप्पणी भइरहेको थियो । 

आईएसआईएसविरुद्धको लडाईमा अमेरिका नेतृत्वमा रहेका सेनाहरु इराकबाट फिर्ता हुनुपर्ने माग इराकका राजनीतिक पार्टीहरुले गरिरहेका थिए । 

अमेरिकी नेतृत्वका सैनिकले २००३ मा आक्रमण गर्दै सद्दा हुसैनलाई अपदस्थ गरेका थिए । त्यसयता, ईराकमा तैनाथ अमेरिकी सैनिकहरु बाराक ओबामाको कार्यलकालमा २०११ मा फर्किएका थिए । यद्यपी, तीन वर्षपछि ईराकी सरकारको आग्रहमा उनीहरु फर्किए । 
ईराकका अधिकांश भूभाग आईएसले कब्जामा लिएपछि सरकारले अमेरिकी सैनिक गुहारेको थियो । २०१७ मा आईएस पराजित भएपनि अमेरिकी सैनिकहरु भने अझै फर्किएका थिएनन् । आईएस ब्युतँने खतरा कायम रहेको भन्दै उनीहरु ईराकमै बसेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप